Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 30, 2024 समाज

पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

By साझासवाल

माघ १६, काठमाडौँ । कास्कीको पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ रत्नचोक घर भएका ३७ वर्षीय प्रवीण भट्टराई छन्।

पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको तातो पानीको सर्बे गर्ने क्रममा लिफ्टबाट खसेर उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।

उनी पोखराका न्युरोडस्थित मुक्ति इनर्जी प्रालिका इन्जिनियर रहेको प्रहरीले जनाएको छ। लिफ्टबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।