<p><b>कात्तिक २, काठमाडौं ।</b> सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी र्फकने तामेलदार शम्भुबहादुर खत्रीसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।<br></p><p>खत्रीलाई अदालतले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । सातदिने स्पष्टीकरण सोधिनेमा तामेलदार खत्रीसहित महानगरपालिका वडा नं १० की अधिकृत सरिता राई र खरीदार भेषराज अर्याल छन् । अधिकृत राई र खरिदार अर्यालले म्याद तामेलीमा असहयोग गरेको अदालतको ठहर छ ।</p><p>सर्वोच्चले अरोपित तीनैजना कर्मचारी विरुद्ध मुलुकी ऐनको १ सय ११ बमोजिम एक हजार रुपैयाँ जरिवाना र १५ दिन कैद गर्न किन नपर्ने हो, सात दिनभित्र सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।</p>
October 18, 2016
काठमाडौँ - KTM, राजनीति
लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल
By साझासवाल
2 मिनेट पढाइ










