Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 11, 2024 समाज

सवारी दुर्घटनामा एकजनाकाे मृत्यु, ट्रकमा आगजनी

By साझासवाल

माघ २८, काठमाडौँ | विराटनगरको वरगाछीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका– ९का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो।

स्कुटरमा सवार सुनसरी दुहवी ९ की स्कुटर चालककी भतिजी १६ वर्षीया स्वस्था चौधरी घाइते भएकी छन्। उनको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

ट्रक चालक जिल्ला चितवान राप्ति नगरपालिका ११ का ४१ वर्षीय शेरबहादुर राईको हातखूट्टामा सामान्य चोट लागी उपचारका लागि विराट नर्सिङ होम पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी छेदिलाल कामतीले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको छ। दुर्घटनालगत्तै आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको छ। विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो।