कात्तिक ३, काठमाडौं । राप्रपा नेपालले महाअभियोग सिफारिस समितिमा आफुहरुलाई नराखे संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

सभामुख ओनसरी घर्तीले ११ सदस्यीय महाअभियोग समितिमा आफुहरुको प्रतिनिधित्व निषेध गर्न खोजेको भन्दै राप्रपा नेपालले यस्तो चेतावनी दिएको हो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले महाअभियोग सिफारिस समितिमा राप्रपा नेपाललाई सहभागी नगराए आज संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

महाअभियोग सिफारिस समितिमा कांग्रेस र एमालेका चार चार सांसद रहने र माओवादीका दुई तथा अन्य दलबाट एकजना सांसद रहने गरी गठन हुन लागेको बताइएको छ ।

संसदको चौथो ठूलो दललाई समितिमा नराख्नु आपत्तिजनक रहेकाले आफूहरुको माग सुनुवाई नभए सदन चल्न नदिने गिरीले जानकारी दिए ।

संसदमा प्रधानमन्त्रीलाई बोल्न नदिने राप्रपा नेपालको चेतावनी