Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 5, 2024 समाज

आक्रामक ब्याटिङ गरेका कुशल मल्ल २६ रन बनाउँदै पेभेलियन फर्किए

By साझासवाल

<p><b>फागुन २२, काठमाडौं | </b>त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् ।&nbsp;<br></p><p>उनलाई डच बलर साइब्रान्डले विक्रमजित सिंहद्वारा क्याच गराएका हुन् । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।</p>