Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 10, 2024 समाज

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्रीको वरीयता हेरफेर, रविभन्दा नारायणकाजीमाथि

By साझासवाल

<p><b>फागुन २७, काठमाडौँ |</b> प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। नयाँ वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनेका रवि लामिछानेभन्दा माओवादी केन्द्रका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ माथि छन्।<br></p><p>गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त गरेका थिए। आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवसमेत उपप्रधान एवं स्वास्थ्यमन्त्री नियुक्त भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।<img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/8e65cacbc07eed986a279f616dda39911710062775.jpg" style="width: 1151px;"></p>