मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

ने"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य: राष्ट्रपति

१ मंसिर २०७३, बुधबार १५:०८


मङ्सिर १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा शान्ति, अमनचयन र स्थिरताका लागि आवधिक निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । 

नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युटले यहाँ आज आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौतामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरण र जनताप्रति जिम्मेवार हुनका लागि आवधिक निर्वाचनतर्फ अघि बढ्नु आजको टड्कारो आवश्यकता हो भन्नुभयो । राष्ट्रपतिले भन्नुभयो, “मुलुकलाई आवधिक निर्वाचन र शान्तितर्फ लैजानु प्रमुख कदम हो । 

यस कार्यमा सबैको पक्षको सहयोग हुने मैले विश्वास लिएको छु ।” 

शान्ति र समृद्धि एकअर्काका परिपूरक भएको बताउँदै उहाँले भन्नुभयो, “आफ्नो राष्ट्रप्रति गौरव गर्ने, सुखी र मर्यादित जीवन व्यतीत गर्न पाउने जनचाहना पूरा गर्न दिगो विकास, न्यायपूर्ण व्यवस्था, सहभागितामूलक शासन प्रणाली, राजनीतिक स्थायित्व र सुशासनका माध्यमबाट दिगो शान्ति हासिल गर्नु र सामाजिक आर्थिक अभियानको रुपान्तरणमा सहभागी हुनु हाम्रो मुख्य दायित्व हो ।” 

संविधानसभाबाट निर्मित संविधान अनुरुप दिगो शान्ति कायम गरी बढ्दो जनाकाङ्क्षाको सम्बोधन र सामाजिक, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आजको आवश्यकता भएको उहाँको भनाइ थियो । 

राष्ट्रपति भण्डारीले न्याय र समानतामा आधारित विकास तथा समृद्धिको बाटामा मुलुकलाई तीव्र गतिमा लैजान संविधान कार्यान्वयनमा एकताबद्ध हुनु हामी सबैको महत्वपूर्ण कार्यभार हो भन्नुभयो । 

उहाँले सशस्त्र द्वन्द्वका भौतिक र भावनात्मक घाउ मेटाउन, समाजमा मेलमिलाप कायम गर्न र विविध पक्षको न्यायको अपेक्षालाई सम्बोधन गर्न भइरहेका प्रयासलाई अझ तीव्र पार्न सबैको ध्यान केन्द्रित हुन आवश्यक भएको उल्लेख गर्नुभयो । 

सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले नेपाली शान्तिका लागि व्याकुल छन् भन्ने कुरामा आफूले आशा विश्वास लिएको बताउनुभयो । सशस्त्र द्वन्द्वमा परेका व्यक्तिलाई अझै पनि राज्यले क्षतिपूर्तिका रुपमा व्यवस्था गर्न नसकेको घटनाले शान्ति प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन भन्ने पुष्टि गर्छ भन्नुभयो । 

संस्थाका अध्यक्ष दमननाथ ढुङ्गानाले मुलुकमा हत्यहिंसा रोकिएको भए पनि दिगो शान्तिको ढोका भने अझै खुलिनसकेको बताउनुभयो । संस्थाका उपाध्यक्ष स्टेला तामाङले तीनदिने सम्मेलनमा शान्ति प्रक्रियाको सफलता, चुनौती, सम्बोधन गर्नुपर्ने विषय र हालसम्मको उपलब्धिका विषयमा विचारविमर्श गर्न सुझाव दिइने बताउनुभयो । 

संस्थाका महासचिव विद्याधर मल्लिकले सम्मेलनका क्रममा छ सत्रमा छलफल गरिने र त्यसक्रममा द्वन्द्व व्यवस्थापनका क्षेत्रमा अनुभवीबाट कार्यपत्रका साथै अवधारणा राखिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा