पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान कि मुन भावी दक्षिण कोरियाली राष्ट्रपति !

११ पुष २०७३, सोमबार ०९:१६

पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

राष्ट्रसंघमा लगातार दुई पटक गरी दश वर्षसम्म महासचिव रहेका बानले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् ।

सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलव ३ प्रतिशत मत बानले पाएका छन् ।

यो अंक यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा  २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ ।

गतः डिसेम्बर–९ मा दक्षिण कोरियाली संसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ ।

बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलव ३ प्रतिशत अंक प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ ।

पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसदमा सबैभन्दा ठूलो विपक्षी दल–मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क पाएका छन् ।

मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ