फागुन २९, अर्घाखाँची । त्रिबेणि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसिको आयोजनामा एक दिने सहकारि शिक्षा तालिम तथा प्रशिक्षण शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

करिब नब्बे जना सदस्य हरूको सहभागिता रहेको तालिमको सहजिकरण संस्थाका सदस्यहरू कमल प्रसाद घिमिरे, जिबनारायण खनाल, बाबुराम सर्मा, तुल्सिराम खनालले गर्नु भएको थियो । कार्यक्रम शिक्षा उपसमितिका संयोजक कमल प्रसाद घिमिरे को अध्यक्षता र उत्तममणि मिश्रको संन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अर्घाखाँची शिक्षा क्याम्पसका प्रिनसिपल श्रीकृष्ण भुसाल ले सहभागिको तर्फबाट शुभकामना मनतब्य समेत राख्नु भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

त्रिबेणि सहकारिको शिक्षा तालिम तथा प्रशिक्षण सम्पन्न