चैत २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ ।

संसदको महाभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो ।

संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका अनुसार यो निर्देशनपछि कार्कीमाथि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको कानुनी बाटो खुलेको छ ।

अख्तियार प्रमुखका रुपमा कार्यरत रहँदा कार्कीले पदीय दुरुपयोग गरी विभिन्न गलत कार्य गरेको भन्दै दर्ता भएको महाभियोग प्रस्तावमाथि अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सरकारलाई पाठाउँदै सदनले यस्तो निर्देशन दिएको हो । -नागरिक दैनिक

March 15, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
अकुत सम्पत्तिमा यसरि तानिँदैछन् लोकमान
By kit
2 मिनेट पढाइ