चैत ७, काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । 

त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ७, काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । 

त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी खुल्दैछन् उपत्यका भित्रिने नयाँ १० नाका

७ चैत्र २०७३, सोमबार ०१:५९


चैत ७, काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । 

त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । 

सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकालाई व्यवस्थित गरिनेछ । सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे खोलिन लागिएकामध्ये नयाँ नाका हुन् । त्यस्तै, काठमाडौं–हेटौँडा सुरुङमार्ग र काठमाडाैँ–निजगढ दु्रतमार्ग निर्माण पूरा भएपछि नयाँ नाका खोलिनेछ ।

सडक विभागका प्रवक्ता दयाकान्त झाले केही वर्षभित्रै मोफसलबाट १० वटा व्यवस्थित नाकाबाट राजधानी काठमाडौं भित्रिन सकिने जानकारी दिए । त्यसमध्ये कतिपयमा काम सुरु भइसकेको र केही योजनाका क्रममा रहेको उनको भनाइ छ । ‘उपत्यका भत्रिने १० वटा नाका विस्तार हुँदै छन् । त्यसमध्ये पाँचवटा नयाँ खोलिँदै छ भने कतिपय भएकै नाकालाई व्यवस्थित गरिँदै छ । यसका लागि बजेट विनियोजन भइसकेको छ ।’ 

यहाँ खुल्दै छन् नयाँ नाका

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अबको चार वर्षभित्र निर्माण भइसक्नेछ । २.४५ किमि लम्बाइको यो सुरुङमार्ग निर्माणको लागत १६ अर्ब रुपैयाँ रहेको छ । यसका लागि विभागले जापानी दातृनिकाय जाइकासँग सम्झौता गरिसकेको छ । अहिले सुरुङमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) सम्झौताको काम भइरहेको छ ।

टोखा–छहरे–विदुर सुरुङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकार उपत्यकाको उत्तरतर्फको टोखा–शिवपुरी–थानसिङ फा“ट जोड्ने नया“ सुरुङमार्ग निर्माणको तयारीमा जुटेको छ । यसका लागि मन्त्रालयले चीनको बेइजिङस्थित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा असारको पहिलो साता प्रस्तावनापत्र पेस गरिसकेको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा टोखा–शिवपुरी–थानसिङ फाँटसम्म मात्रै सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङमार्ग ४.५ किमिको हुनेछ । यसको लम्बाइ बढीमा ६ किमिसम्मको हुनेछ । चार लेनको सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी—त्रिशूली—बेत्रावती—मैलुङ (४८ किमि) सडकखण्डमा जोडिनेछ । सडक विभागले उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । अब दुई वर्षभित्र उक्त सडक निर्माण सक्ने विभागको योजना छ । सोही सडक सुरुङमार्गमा जोडिनेछ । यसले केरुङ नाका र काठमाडौंको दूरीलाई घटाउनेछ ।

सूर्यविनायक–धुलिखेल सडक : विभागका अनुसार सूर्यविनायक–धुलिखेल सडक निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । अध्ययन प्रतिवेदनअनुसार सडकको कुल लागत पाँच अर्ब रुपैयाँ हुनेछ । सडक पाँच वर्षभित्र निर्माण भइसक्नेछ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको कुल लम्बाइ १६ किमि हुनेछ । सडकको चौडाइ २५ मिटरको हुनेछ । सडकको बीचभागमा दुई मिटर चौडा बगैँचा हुनेछ । त्यसले डिभाइडरको काम गर्नेछ । बगैँचाको दुवैतर्फ दुई–दुई लेनको सडक निर्माण हुनेछ ।

त्यसपछि सडकको दुवैतर्फ एक–एक मिटरको अर्को डिभाइडर हुनेछ । त्यसलगत्तै सडकको दुवैतर्फ एक–एक लेनको सर्भिस ट्र्याक हुनेछ । बाँकी भाग भने फुटपाथ हुनेछ । भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा भञ्ज्याङमा तीन सय मिटरको दुई लेनको सुरुङमार्ग निर्माण गरिनेछ । लामो दूरीमा चल्ने सवारीसाधन विनाअवरोध सुरुङमार्गबाट आउजाउ गर्नेछन् । छोटो दूरीमा चल्ने सवारीसाधन भने साबिकको सडकमा चल्नेछन् । योजनाअन्तर्गत साबिकको सडक फराकिलो पारिने र घुम्ती घटाइनेछ ।

फास्ट ट्र्याक : आगामी पाँच वर्षभित्र काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माण हुनेछ । यसका लागि सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । दु्रतमार्गको ७६.४ किमि सडकमध्ये ७० किमि क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्न लागेको यो मार्गले उपत्यकालाई तराईसँग जोड्नेछ । यो मार्ग भएर ५९ मिनेटमै तराई पुग्न सकिनेछ ।

हेटौँडा सुरुङमार्ग : निजी लगानीमा निर्माण गर्न लागिएको महत्वाकांक्षी हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ । अध्ययनअनुसार सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु भएर कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । यसको कुल लम्बाइ ५८ किमि हुनेछ । यसमध्ये ४.५ किमि सुरुङ हुनेछ । यसभित्र तीनवटा सुरुङमार्ग निर्माण हुनेछन् । दुई–दुई लेनका दुईवटा सुरुङ हुनेछन् । क्रसओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन् । दुर्घटना या अन्य कुनै प्राविधिक समस्या परे ‘क्रस सेक्सन’ प्रयोग गरी समस्या समाधान गर्न सकिनेछ । समयमा लगानी जुटाउन सकिए अबको केही वर्षभित्रै यो सडक मार्ग निर्माण हुनेछ ।

यी हुन् व्यवस्थित बनाइँदै गरेका नाका

सडक विभागका अनुसार हेटौँडाबाट उपत्यका भित्रिने कान्ति लोकपथ निर्माणाधीन अवस्थामा छ । ६० वर्षदेखि लोकपथ निर्माण जारी रहे पनि अबको दुई वर्षभित्र निर्माण कार्य सकिनेछ । दुई लेनको यो सडक निर्माण भइरहेकाले यस नाकाबाट उपत्यका भित्रन निकै सजिलो हुनेछ । 

हेटौँडाबाट छैमले–दक्षिणकाली हुँदै उपत्यका भित्रिने सडक पनि दुई लेनमा विस्तार हुँदै छ । यसका लागि विभागले टेन्डरसमेत आह्वान गरिसकेको छ । सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने साँखु–मेलम्ची सडकखण्ड लगभग निर्माण पूरा भइसेकेको छ । दुई लेनमा निर्माण गरिएको यो सडकबाट सजिलै उपत्यका भित्रिन सकिन्छ ।

रसुवाबाट नुवाकोट हुँदै उपत्यका प्रवेश गर्ने रानीपौवा–बालाजु सडक पनि दुई लेनमा चौडा गरिँदै छ । ७० किमिको यस सडक निर्माण चाँडै पूरा हुने अवस्थामा छ । यस्तै, धादिङको धार्के हुँदै उपत्यका भित्रिने धार्के–सीतापाइला सडकखण्डको ट्र्याक खुलिसकेको छ । दुई लेनमा विस्तार गरिने सडकका लागि विभागले १५ करोड रुपैयाँ बजेट निकासा गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता