२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति सहित ८७ दलले आफ्नै नाममा चुनाव लड्न नपाउने, नयाँ शक्तिद्वारा विरोध

२०७३, ८ चैत्र मंगलवार १६:०३

चैत ८, काठमाडौं । आउँदो बैशाख ३१ गतेको निर्वाचनमा नयाँ शक्ति सहित दलीय हैसियत नपाएका दलहरुले आफ्नै पार्टीको नाममा चुनाव लड्न नपाउने भएका छन् । स्थानीय तहको चुनावमा व्यवस्थापिका संसदमा भएका २७ दल बाहेक अन्य दलले स्वतन्त्रको हैसियतमा मात्र चुनाव लड्नु पर्ने भएको हो । 

आफ्नै पार्टीको नामबाट निर्वाचनमा सहभागी हुन नपाउने भएपछी नयाँ शक्तिले त्यस्तो ब्यबस्थाको विरोध गरेको छ । उसले निर्वाचन आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । तर संविधान र निर्वाचन ऐनमै त्यस्ता व्यवस्था भएकाले सच्याउन नसकिने आयोगले जनाएको छ । यस पटकको निर्वाचनमा ११४ दलले भाग लिन पाउछन् । तर, सांसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्रका हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । 

स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्वन्धित दलको निर्वाचन चिन्ह वितरण गरिने उल्लेख छ । साथै उक्त दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ । उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह प्रदान गर्ने उल्लेख छ ।

यो व्यवस्थाले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका दलहरुले दलीय चुनाव चिन्ह नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ