२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई अमेरिका पुर्‍याउन तस्करको नयाँ रुट

२०७३, १८ चैत्र शुक्रबार ०१:४९

चैत १८, काठमाडौं । मानव तस्करले लाखौँ रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई 'अन अराइभल' भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् । 

'मलाई काठमाडौंबाट दोहा (कतार), लण्डन (बेलायत), निकारागुवा, होण्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,' अमेरिका प्रवेश गर्नैका लागि ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, 'यहाँ (अमेरिका) आइपुग्दासम्मको दु:ख सम्झिँदा त किन आइएछ जस्तो लाग्छ ।'

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिकोको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले तस्करले अमेरिका छिराइदिएबापट एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेको जानकारी दिए। यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ ।

 'जति छिटो पैसा तस्करलाई बुझायो त्यति नै छिटो उनीहरुले अमेरिकातर्फ अघि बढाउँदा रहेछन् । ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन्,' शर्माले भने । निकारागुवादेखि मेक्सिकोसम्म डेढ सयजति नेपाली रहेको उनको अनुमान छ ।  -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो