चैत २३, लुम्बिनी । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, लुम्बिनी । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ ।&n"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवा विमानस्थलको निर्माण कार्य पुनः सुरु

२३ चैत्र २०७३, बुधबार ११:४६

चैत २३, लुम्बिनी । चिनियाँ र नेपाली कम्पनीबीच रकम विवादका कारण रोकिएको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य पुनः सुरु भएको छ । 

विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्र्याक्टर नेपाली कम्पनीबीच रकममा विवाद हुँदा १५ दिनदेखि रोकिएको विमानस्थलको निर्माण कार्य आइतबारदेखि सञ्चालन भएको विमानस्थल स्तरोन्नति आयोजनाले जनाएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन आफैँले काम सुरु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिनुभयो । 

“चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण विगत १५ दिनदेखि रोकिएको विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले अहिले आफँै सुरु गरेको छ,” आयोजना प्रमुख शर्माले भन्नुभयो, “तोकिएकै समय सीमाभित्र विमानस्थलको निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन आयोजनाले सोमबार चिनियाँ कम्पनीलाई चिट्ठी काटेको छ ।” 

आयोजना प्रमुख शर्माका अनुसार चिनियाँ कम्पनी आफँैले अहिले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र अग्नि नियन्त्रण भवन तथा जहाज पार्किङस्थलको निर्माण कार्य गरिरहेको छ । 

सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सहयोगीका रूपमा नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो । 

निर्माण कार्य जारी रहेकै अवस्थामा नेपाली कम्पनीले आफूलाई चिनियाँ कम्पनीले काम गरेबापतको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेर आन्दोलनमा समेत उत्रिएको थियो । दुई कम्पनीको विवादका कारण बन्द भएको विमानस्थल निर्माण कार्य सञ्चालन गराउन सरकारी स्तरबाट लामै छलफल चलेको थियो । 

सो छलफलमा विमानस्थलको निर्माणका लागि नेपाली कम्पनीले गरेको कामको नापजाँच गर्ने, नापजाँचपछि पाँच दिनभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बिलबीजक उपलब्ध गराउने र बिलबीजक प्राप्त भएको सात दिनभित्र चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई रकम दिने सहमति भएको थियो । निर्णयअनुसार नेपाली कम्पनीले गरेको नापजाँच कार्य सकिएको र पेस गरिएको बिलबीजकअनुसार रकमको विषयमा दुवै कम्पनीबीच छलफल (हिसाब किताब) जारी रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो । 

“दुवै पक्षको सहभागितामा उहाँहरूबीच छलफल चलिरहेको छ,” आयोजना प्रमुख शर्माले भन्नुभयो – “चिनियाँ कम्पनीको सहयोगीका रूपमा पुरानै कम्पनी बस्ने वा अर्को नयाँ कम्पनी आउने विषयमा भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।” 

विसं २०२३ मा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । 

तर मधेस आन्दोलन र नाकाबन्दीका कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकाले उसले सन् २०१८ जुन महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने समय पाएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल