चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गर"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयलामा भएको प्रदर्शनमा विद्यार्थी मारिए

३० चैत्र २०७३, बुधबार ११:४२

चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मङ्गलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी डानियल क्विेलिजलाई मङ्गलबार विहानै भालेन्सीया सहरमा गोली लागेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन् । 

राष्ट्रपतिका विरुद्ध भएको प्रदर्शनका क्रममा एक हप्तामा अहिले सम्म दुई जनाको मृत्यु भईसकेको छ । १९ बर्षिय आन्दोनलकारी जैरो अर्टीजको पनि बिहीबार प्रहरीको गोली लागि मृत्यु भएको थियो । 

हत्याको आशंका गरिएका एक जना प्रहरीलाई छानविन सुरु गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति माडुरोलाई पदबाट हटाउन माग गर्दै भेनेजुयलामा केही हप्ता देखि आन्दोलन भईरहेको छ । राष्ट्रपति माडुरोले देशलाई आर्थिक र राजनीतिक संकटमा झन झन फसाउदै लगेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । 

सोमबार भएको प्रदर्शनमा अरु ४० जनालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा गिरफ्तार गरिएको छ । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा सोमबार पाँचौ दिनको झडप हो । भेनेजुयलामा गत केही हप्तामा भएका ठुला प्रदर्शनहरु मध्येको गत शनिबार भएको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । राष्ट्रपति निकोलस माडुरो र उहाँको सरकार विरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो । 

विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ बर्ष सम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोसित भएकाहरुले बृहत र्याली सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झण्डै ४ हजार जनता सहभागी भएका थिए । 

भेनेजुयलाको समाजबादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका माडुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतिय निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु भएको थियो । 

माडुरोको सरकारले केहीदिन अगाडी ४४ बर्षिय काप्रिलेसलाई आगामी बर्ष आम निर्वाचन हुन लागिरहेका बेला १५ बर्षे प्रतिबन्धको घोषणा गरेको थियो । घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत हुदै गएको प्रदर्शनकारीहरुले जनाएका छन् । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ