चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गर"/>

२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुयलामा भएको प्रदर्शनमा विद्यार्थी मारिए

२०७३, ३० चैत्र बुधबार ११:४२

चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मङ्गलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी डानियल क्विेलिजलाई मङ्गलबार विहानै भालेन्सीया सहरमा गोली लागेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन् । 

राष्ट्रपतिका विरुद्ध भएको प्रदर्शनका क्रममा एक हप्तामा अहिले सम्म दुई जनाको मृत्यु भईसकेको छ । १९ बर्षिय आन्दोनलकारी जैरो अर्टीजको पनि बिहीबार प्रहरीको गोली लागि मृत्यु भएको थियो । 

हत्याको आशंका गरिएका एक जना प्रहरीलाई छानविन सुरु गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति माडुरोलाई पदबाट हटाउन माग गर्दै भेनेजुयलामा केही हप्ता देखि आन्दोलन भईरहेको छ । राष्ट्रपति माडुरोले देशलाई आर्थिक र राजनीतिक संकटमा झन झन फसाउदै लगेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । 

सोमबार भएको प्रदर्शनमा अरु ४० जनालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा गिरफ्तार गरिएको छ । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा सोमबार पाँचौ दिनको झडप हो । भेनेजुयलामा गत केही हप्तामा भएका ठुला प्रदर्शनहरु मध्येको गत शनिबार भएको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । राष्ट्रपति निकोलस माडुरो र उहाँको सरकार विरुद्ध भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो । 

विपक्षी दलका नेता हेनरिक काप्रिलेसलाई १५ बर्ष सम्म राजनीति गर्न रोक लगाउने सरकारको निर्णयप्रति आक्रोसित भएकाहरुले बृहत र्याली सहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा झण्डै ४ हजार जनता सहभागी भएका थिए । 

भेनेजुयलाको समाजबादी आन्दोलनका पिता मानिने ह्युगो चाभेजको निधनपछि शक्तिमा आएका माडुरोसँग काप्रिलेस सन् २०१३ मा भएको राष्ट्रपतिय निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु भएको थियो । 

माडुरोको सरकारले केहीदिन अगाडी ४४ बर्षिय काप्रिलेसलाई आगामी बर्ष आम निर्वाचन हुन लागिरहेका बेला १५ बर्षे प्रतिबन्धको घोषणा गरेको थियो । घोषणासँगै सुरु भएको प्रदर्शन थप चर्को र बृहत हुदै गएको प्रदर्शनकारीहरुले जनाएका छन् । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार