Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

दुई वटा बम विस्फोट हुँदा चालिस जना घाइते

By kit

बैशाख २६, बैकक । आतङ्ककारी ग्रस्त बनाएको दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेका यस देशमा मुसलमानको बलियो प्रभाव रहेको सीमा क्षेत्रमा दशकौँदेखि हिंसा जारी रहेको छ ।

यस पछिल्लो आक्रमण पत्तानी प्रान्तको एक सहर नजिकैको सुपरमार्केटबाहिर स्थानीय समयानुसार मङ्गलबार २ बजे दिउँसो भएको थियो ।

पहिलो बम सानो भएको र यस बम विस्फोटबाट कुनै पनि व्यक्ति घाइते नभएका बताइएको छ । तर दोस्रो बम भने भीषण भएको र यो कारबम हो या होइन सो भने प्रष्ट नभएको बताइएको पत्तानी प्रान्तका प्रहरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । घाइते भएका चालिसमध्ये एकको अवस्था भने चिन्ताजनक भएको बताइएको छ ।

दक्षिणी थाइल्याण्डको अशान्त क्षेत्रहरुमा सन् २००४ देखि हालसम्म भएको बम आक्रमणलगायत विभिन्न हिंसामा परी छ हजार ८०० व्यक्तिको मृत्यु भइसेकेको छ । रासस/एएफपी