Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस वर्ष मनसुनमा कम वर्षा हुने, यस्तो छ कारण

By साझासवाल 2 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/posts/ee51837855a2ad24d08616a80f9bee0e1495850687.jpg" style="width: 660px; float: left;"><b>जेठ १३, काठमाडौं ।</b> यस वर्षको मनसुनमा नेपालमा कम वर्षा हुने अनुमान गरिएको छ । वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो ।<br></p><p>दक्षिण एसियाली दृष्टिकोण मञ्चले समग्र दक्षिण एसियाको मनसुनको हरेक वर्ष पूर्वानुमान गर्दै आएको छ ।</p><p>यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ शान्ति कँडेलले जानकारी दिइन् । तर, मध्य पश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको छ । – नयाँ पत्रिका दैनिक</p>