Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कतारमाथि प्रतिबन्ध लगाएका ७ देशका नागरिकले कतारमा स्वतन्त्र रुपमा बस्न पाउने

By साझासवाल

जेठ २८, काठमाडौं | कतारले आफ्नो देशमा रहेका खाडी देशका नागरिकलाई बस्न कुनै समस्या नहुने बताएको छ । सात देशले कतारमाथि प्रतिबन्ध लगाए पनि ती देशका नागरिकलाई कतारले स्वतन्त्र रुपमा बस्न पाउने र कुनै बाधा नहुने बताएको हो ।

कतारले विज्ञप्ती जारी गर्दै आफूसँग कुटनीतिक सम्बन्ध तोडेका देशका कुटनीतिज्ञ तथा नागरिकलाई स्वतन्त्र रुपले बस्न पाउने अवस्था रहेको र कुनै विभेद नहुने बताएको हो । साउदी अरब, युएइ, बहराइन लगायत खाँडी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोड्दै आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए ।

दोहाको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार कतारमा साउदीका ८ हजारभन्दा बढी, बहराइनका २ हजारभन्दा बढी र युएइका ७ सय ८४ जना नागरिक रहेका छन् । तर उनीहरुलाई पनि अरु नागरिक सरह व्यवहार गर्ने कतारले जनाएको हो ।