साउन ९, बेइजिङ । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । 

चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, बेइजिङ । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । 

चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी

९ श्रावण २०७४, सोमबार ११:४४


साउन ९, बेइजिङ । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । 

चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ 

चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । 

चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ । 

तर चीनले उक्त क्षेत्रमा जारी रहेको निर्माणको कार्य भने रोकेको छैन । निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लङ्घन गरेको जनाएको छ । 

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ । 

उहाँले सो पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिनुभयो । 

तर के कति सङ्ख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने सङ्ख्या भने उहाँले दिनुभएन । उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि विवाद उत्पन्न भइरहेको छ । भारतीय पक्षले यस चिनियाँ भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम