साउन १३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ । 

प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ । 

प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानम"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टौदहमा भक्तजनको विशेष घुइँचो

२०७४, १३ श्रावण शुक्रबार ०५:१७

साउन १३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ । 

प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै पूर्णिमाका दिन तागाधारीले स्नानसहित जनै फेर्ने, रक्षा बन्धन बाँध्ने आदि गरिन्छ । जनैपूर्णिमाका दिन साउन २३ गते यसपटक चन्द्रग्रहण परेकाले जनैपूर्णिमा पनि आज नै मनाइएको छ । 

कर्कोटक नागराजाले आफ्नी रानीको आँखा दुखेपछि स्थानीय किसानलाई बोलाएर झारफुक (औषधि) गरी निको पारेको र नागराजा खुसी भई हिरा, मोती, मणि, माणिक्य जडिएको भोटो किसानलाई उपहारस्वरुप प्रदान गरेको किंवदन्ती पाइन्छ । 

उक्त दहमा आजको दिन स्नान गरी स्थानीयवासीले मकै, तरकारीलगायत चढाउने र नागको पूजा गर्नाले पारिवारिक सुख, शान्ति तथा सर्पबाट सुरक्षित होइने विश्वास रहेको स्थानीयवासी किरण केसीले जानकारी दिनुभयो । यसैगरी, नागदह, कटुवालदहलगायत स्थानमा पनि आज मेला लाग्ने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो