Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अपहरित बालकको सकुशल उद्धार

By kit 2 मिनेट पढाइ

साउन १६, काठमाडौँ  । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।  उनले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ । यही साउन १२ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।