साउन ३२, काठमाडौँ | अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, काठमाडौँ | अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको "/>

३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको जन्मदिनको खर्च कटौतीबाट ३००० डलर बाढी पहिरो पीडितलाई

३२ श्रावण २०७४, बुधबार ०५:४३


साउन ३२, काठमाडौँ | अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा छ । बिस्वको कुनै पनि कुनामा बस्ने नेपाली अत्यन्तै चिन्तित र त्रसित छन बिनासकारी भूकम्पका पीडितहरुले राहत नपाउँदा नपाउँदै देशले सामना गर्न परेको पुन: कहालीलाग्दो यो बिकराल प्राकृतिक प्रकोपका कारण । 

प्रत्येक दिनको पीडादायक समाचारका कारण अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टी यो राष्ट्रिय शोकका कारण रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ । 

स्मरण रहोस, पूजा श्रेष्ठ र पुरक श्रेष्ठको नामबाट लुम्बिनी गेट अभियानको लागि पनि अस्ट्रेलियाबाट रकम प्रदान गरिएको थियो ।

उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिनेछ । सो रकम अभियानद्धारा बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिने रकममा थप गरी अभियान मार्फत धुर्मुस-सुन्तली फाउण्डेशनलाई काठमाण्डौंमा हस्तान्तरण गरिनेछ । यस्तो उदाहरणीय कामको लागि श्रेष्ठ दम्पति धन्यवादका पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज? महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ?