<p><b>साउन ३२, काठमाडौं ।</b> त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परिक्षा सार्ने भएको छ । <br></p><p>विश्वविद्यालय स्रोतकाअनुसार अगामि भदौ ४ गतेदेखि ९ गतेसम्मको सम्पूण संकायको परिक्षा सार्ने जनाएको छ । तर, भदौ ११ गतेदेखिको सम्पूर्ण संकायको परिक्षा यथासमयमै हुने भएको छ ।</p><p>देशमा परेको दैविप्रकोपलाई मध्य नजर गर्दै परिक्षा तालिका हेरफेर गरिएको विश्वविद्यालयले जनाएको छ । तथापि सारिएको सम्पूर्ण संकायको परिक्षा भदौ ३० गतेभित्रै गर्ने गरि परिक्षा तालिका छिट्टै सार्वजनिक गर्ने जनाइएको छ ।</p>
स्नातक तह प्रथम वर्षको परिक्षा सर्यो
