भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रप"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङका उपाध्यक्ष जेल चलान, ५ वर्षको कैद हुने

१० भाद्र २०७४, शनिबार ०२:१९

भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रपति पार्क ग्युन हाईको महाअभियोगसम्बन्धी मुद्दामा उनी सोलको जिल्ला अदालतबाट दोषी ठहर भएका हुन् । अदालतले सामसङका अन्य

दुई अधिकारीलाई समेत काराबास सजाय सुनाएको छ । चोई गी सुङ र चाङ चोङ–कीलाई चार/चार वर्षको कैद सजाय सुनाइएको हो ।

यसअघि लीले आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका थिए । उनीमाथि घूस, कर छली तथा देशबाहिर सम्पत्ति लुकाएको आरोप लगाइएको थियो । यसअघि ४९ वर्षे लीविरुद्ध एउटा संस्थालाई ठूलो रकम चन्दा दिएको आरोप लगाइएको थियो । उनले पूर्वराष्ट्रपति हाईको निकटस्थ चोई सुन–सीलद्वारा सञ्चालित गैरनाफामुखी संस्थालाई ३ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका थिए । उनले त्यसको बदलामा राजनीतिक फाइदा लिएको आरोप पनिलगाइएको थियो। 

तर, लीका कानुन व्यवसायीले लीले जानकारीबिनै चन्दा दिएको दाबी गरेको थिए । मुद्दामा चित्तबुझ्दो फैसला नभएको भन्दै पुनरावेदन गर्ने उनले बताए । उनले भने, ‘हामी मुद्दा हाम्रै पक्षमा हुनेबारे ढुक्क छौं ।’

- तश्विर: CNN 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन