भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रप"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङका उपाध्यक्ष जेल चलान, ५ वर्षको कैद हुने

२०७४, १० भाद्र शनिबार ०२:१९

भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रपति पार्क ग्युन हाईको महाअभियोगसम्बन्धी मुद्दामा उनी सोलको जिल्ला अदालतबाट दोषी ठहर भएका हुन् । अदालतले सामसङका अन्य

दुई अधिकारीलाई समेत काराबास सजाय सुनाएको छ । चोई गी सुङ र चाङ चोङ–कीलाई चार/चार वर्षको कैद सजाय सुनाइएको हो ।

यसअघि लीले आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका थिए । उनीमाथि घूस, कर छली तथा देशबाहिर सम्पत्ति लुकाएको आरोप लगाइएको थियो । यसअघि ४९ वर्षे लीविरुद्ध एउटा संस्थालाई ठूलो रकम चन्दा दिएको आरोप लगाइएको थियो । उनले पूर्वराष्ट्रपति हाईको निकटस्थ चोई सुन–सीलद्वारा सञ्चालित गैरनाफामुखी संस्थालाई ३ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका थिए । उनले त्यसको बदलामा राजनीतिक फाइदा लिएको आरोप पनिलगाइएको थियो। 

तर, लीका कानुन व्यवसायीले लीले जानकारीबिनै चन्दा दिएको दाबी गरेको थिए । मुद्दामा चित्तबुझ्दो फैसला नभएको भन्दै पुनरावेदन गर्ने उनले बताए । उनले भने, ‘हामी मुद्दा हाम्रै पक्षमा हुनेबारे ढुक्क छौं ।’

- तश्विर: CNN 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी