भदौ २०, काठमाडौँ। सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ ।

मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन शुरु भएको बताउनुभयो ।

उहाँले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला बेचबिखनमा कुनै कमी नआएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई जरैदेखि निर्मूल गर्न सरकार, विभिन्न सङ्घसंस्था तथा गैरसरकारी संस्थाको सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

राज्यमन्त्री मोहमद जाकिर हुस्सेनले सन् २००८ मा दुवईको एक भवनमा छापा मारी त्यहाँ सक्रिय जनप्रगतिशील मञ्चले ३०० युवालाई उद्धार गरेको तथा त्यसमा संलग्न ४० जना दलाललाई पक्राउ गरेको जानकारी दिँदै अहिले पनि इराक, लिबियाजस्ता मुलुकमा मानव तस्करी हुने गरेको बताउनुभयो । रासस

September 5, 2017
काठमाडौँ - KTM, समाज
महिला बेचबिखनमा कमी नआउँदा चिन्ता
By kit
3 मिनेट पढाइ