Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

क्रान्तिकारी माओवादीमा मतभेद: वैद्यलाई एक्ल्याउन खोज्दै परी थापा समूह

By kit 2 मिनेट पढाइ

भदौ २५, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई परी थापा समूहले एक्ल्याउन खोजेको छ ।

एकता भएको दुई वर्ष नपुग्दै नेकपा (एकीकृत) बाट आएका थापा समूहले वैद्यलाई एक्ल्याउन खोजेका हुन् । थापा समूहका रामसिं श्रीस र सीताराम तामाङले माओवाद विचार र जनयुद्धको विषयमा वैद्यको दस्ताबेजमा फरक मत राखेका छन् ।

नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा २५ देखि ३० असारसम्म चलेको केन्द्रीय समिति बैठकले पास गरेको थियो । सोही बैठकमा वैद्यले पेस गरेको दस्ताबेजमा श्रीस र तामाङले राखेको फरक मतलाई दस्ताबेजमा समेटिएको छ ।

वैद्यको दस्तावेजसँगै श्रीस र तामाङको राजनीतिक दस्ताबेज नेताहरुलाई पढ्न दिइएको छ । दुईजनाको फरक मतलाई आगामी २१ असोजमा हुने राष्ट्रिय सम्मेलनमा टुंगो लगाइने भएको छ । -नयाँ पत्रिका दैनिक