१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जितिया पर्व’ मा थारु समुदायद्वारा सार्वजनिक बिदाको माग

२९ भाद्र २०७४, बिहीबार ०७:११

भदौ २९, काठमाडौँ। विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन् । 

थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आ–आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए । 

बिहानै स्नान गरी पवित्र भई व्रत बसेर पारिवारिक सुख, शान्ति तथा समृद्धिका लागि सो समुदायले यस किसिमको सांस्कृतिक पर्व मनाउने प्रचलन छ । 

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीले आदिम कालदेखि नेपालमा बसोबास गर्ने थारु समुदायका विभिन्न पर्व तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद रुक्मिणि चौधरीले थारु समुदायले राष्ट्रिय चाडका रुपमा ‘जितिया पर्व’ लाई मान्ने गरेको बताउँदै परापूर्व कालदेखि नै यस पर्वको महत्व रहँदै आएकाले यसलाई समाजमा व्यापकता बढाउन सार्वजनिक बिदाको माग गर्नुभयो । 

समाजका अध्यक्ष गीता चौधरीले विवाहित थारु महिलाले आफ्नो घर परिवारको उन्नतिका लागि ‘जीतमान बाबा’को पूजा गर्दै सांस्कृतिक नाचगान गरी सो पर्व मनाउँदै आएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह