Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ विज्ञापनका लागि मन्त्रालयले रिक्त दरबन्दी आयोग पठायो

By kit 3 मिनेट पढाइ

असोज २२, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ ।

आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् ।

यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताउनुभयो ।

अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । “सबै मन्त्रालय निकायलाई रिक्त दरबन्दी पठाउन चिठी पठाएका छौँ”– उहाँले भन्नुभयो, “सबैतिरबाट रिक्त दरबन्दी आएपछि आयोगमा पठाउँछौँ ।”

सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ । रासस