Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

‘स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सरकारी अनुदान आवश्यक’ पुर्व गभर्नर क्षत्री

By kit

कृष्ण कँडेल/असोज २२, बागलुङ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा पुर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले आईतबार बागलुङ बजारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उत्पादन लागत घटाएर नेपाली वस्तुलाई विदेशीसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था सृर्जना गर्नुपर्ने बताए ।

‘वस्तु उत्पादनमा कूलग्रहास्थ उत्पादनको २० प्रतिशतसम्म अनुदान दिन सकिन्छ,’ क्षत्रीले भने, ‘यसले उत्पादन लागत घटाउन मद्धत गर्छ, बल्ल हाम्रा उत्पादनले विदेशी वस्तुसँग प्रतिष्पर्धा गर्न सक्छन् ।’

कृषी उत्पादनमा किसानले अनुदान पाए भने आफ्नो उत्पादन बजारमा विक्री गर्न सजिलो हुने र यसले उनीहरुलाई आफ्नो उत्पादनमा निरन्तर लाग्न प्रेरित गर्ने उनको तर्क छ ।

‘बजारमा त विदेशबाट आउने सस्ता वस्तु पनि हुन्छन्, हाम्रो उत्पादन लागत बढी भयो भने यसले प्रतिष्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘सरकारले दिने अनुदानले वस्तु उत्पादनमा किसानले गर्ने लगानी काम गर्छ, उत्पादन लागत घटेपछि किसानलाई आफ्नो उत्पादन बेच्न सजिालो हुन्छ ।’

उनले स्वाधीन अर्थतन्त्र निर्माण गर्न व्यक्तिगत तहबाटै सचेतना आवश्यक रहेकोमा जोड दिए । ‘हामीले नेपाली उत्पादन गरिद गर्न थाल्यौँ भने यसको स्वत प्रवद्र्धन हुन्छ,’ क्षत्रीले अगाडी थपे, ‘व्यक्ति–व्यक्ति नै यो कुरामा सचेत हुनु आवश्यक छ ।’

आफ्नो उत्पादन बढाउने, बजारीकारण गर्ने र यसैको उपयोग बढाउने गरि प्रचार–प्रसार अभियान नै चलाउनुपर्ने उनको भनाई छ । ‘स्वाधीन अर्थतन्त्र बारे राष्ट्रिय उद्योग व्यापार संगठनले जस्तै राष्ट्रिय अभियान नै चलाउनुपर्छ,’ क्षत्रीले भने, ‘आफ्नै देशमा बन्ने वस्तुको उपयोगले मुलुकका लागि गर्ने फाईदा आम नेपालीलाई बुझाउन आवश्यक छ ।’

आफ्नो उत्पादनलाई प्रोत्साहन गर्न राज्यले नीति नै बनाएर अघि बढ्नुपर्ने बताए । ‘हामीले नेपालभित्र उत्पादन हुनै नसक्ने वस्तु बाहेक अरुलाई नियात मै रोक लगाउन सकिन्छ,’ उनले भने, ‘यो उदारीकरणको नीति विपरित भएपनि अर्थतन्त्रलाई बलियो बनाउन यसो पनि गर्नुपर्ने हुन्छ ।’

पत्रकार भेटघाटमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष श्यामप्रसाद श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्याल पनि सहभागी थिए । बरिष्ठ उपाध्यक्ष अर्यालले आम नेपालीमा स्वाधीन अर्थतन्त्र बारेको गहिरो बुझाई आवश्यक रहेको बताए । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र पत्रकार कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।