पढ्न करिब 1 मिनेट लाग्छ

असोज २३, काठमाडौँ । काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ ।

डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख, छाती र टाउकोमा गोली लागेको छ ।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गौचन महासंघको चार महिना अघि भएको ४३औ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।