विजय थापा | असोज ३१, अमेरिका | अमेरिकाको डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो सुरु भएको छ । विभिन्न संघ तथा संस्थाहरुले घर दैलो अभियान गर्दै देउसी भैलो प्रारम्भ गरेका छन् । अमेरिका नेपाल भन्दा समयमा पछाडी पर्ने भएता पनि यमपञ्चक सुरु हुनु अगाडी नै अमेरिकाका नेपाली समुदायलाई देउसी लागि सकेको छ ।

अमेरिकामा शनिबार र आईतबार अधिकांशको बिदा पर्ने हुनाले पनि अग्रिम रुपमा देउसी भैलो खेलेका हुन् । मंगलबार देखि यमपञ्चक सुरु हुने भएता पनि अमेरिकामा अक्टोबर १५ तारिख देखि नै सुरु गरेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।

अमेरिका नेपाल सहयोगी समाजको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन पनि रहेको छ भने उक्त बिद्यालयमा नेपाली पढाईनु को साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।

यसै गरि भर्जिनिया कै सेन्टरभिल मा स्थापित नेपाली पाठशालाका बिद्यार्थीहरुले भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका छन् । उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्ने लाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ ।

यसै गरि गत आईतबार अक्टोबर १५ तारिखका दिन मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिर को पहलमा देउसी भैलो कार्यक्रम सुरु गरिएको छ ।

एनईसीसी ले अक्टोबर १५ देखि अक्टोबर २९ तारिख सम्म देउसी भैलो खेल्ने तालिका समेत बनाई खेल्न सुरुवात गरेको छ । अक्टोबर १५ देखि एकै पटक अक्टोबर २० देखि खेल्ने त्यस पछि तिहार पछि अक्टोबर २८ र अक्टोबर २९ तारिख खेल्ने योजना बनाएको छ ।

अन्य दिन छुट्टी नपर्ने हुनाले बिदाको दिन पारेर देउसी भैलो खेल्ने आयोजक संस्थाले जनाएका छन् । एनईसीसी ले बिगत ३ बर्ष देखि खेल्दै आएको छ भने अमेरिका नेपाल सहयोगी समाजले पनि पोहोर साल देखि खेल्दै आएको छ । अमेरिका नेपाल सहयोगी समाज सामुदायिक भवन निर्माण गर्न योजनामा रहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भोलि अक्टोबर १७ तारिख देखि सुरु हुने छ । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।

October 17, 2017
काठमाडौँ - KTM, समाज
यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो धुमधाम
By साझासवाल
7 मिनेट पढाइ