१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो धुमधाम

३१ आश्विन २०७४, मंगलवार ०४:१८

विजय थापा | असोज ३१, अमेरिका | अमेरिकाको डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडी नै देउसी भैलो सुरु भएको छ । विभिन्न संघ तथा संस्थाहरुले घर दैलो अभियान गर्दै देउसी भैलो प्रारम्भ गरेका छन् । अमेरिका नेपाल भन्दा समयमा पछाडी पर्ने भएता पनि यमपञ्चक सुरु हुनु अगाडी नै अमेरिकाका नेपाली समुदायलाई देउसी लागि सकेको छ ।

अमेरिकामा शनिबार र आईतबार अधिकांशको बिदा पर्ने हुनाले पनि अग्रिम रुपमा देउसी भैलो खेलेका हुन् । मंगलबार देखि यमपञ्चक सुरु हुने भएता पनि अमेरिकामा अक्टोबर १५ तारिख देखि नै सुरु गरेका छन् । 

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न सांस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।


अमेरिका नेपाल सहयोगी समाजको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन पनि रहेको छ भने उक्त बिद्यालयमा नेपाली पढाईनु को साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।

यसै गरि भर्जिनिया कै सेन्टरभिल मा स्थापित नेपाली पाठशालाका बिद्यार्थीहरुले भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका छन् । उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्ने लाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ ।


यसै गरि गत आईतबार अक्टोबर १५ तारिखका दिन मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिर को पहलमा देउसी भैलो कार्यक्रम सुरु गरिएको छ ।

एनईसीसी ले अक्टोबर १५ देखि अक्टोबर २९ तारिख सम्म देउसी भैलो खेल्ने तालिका समेत बनाई खेल्न सुरुवात गरेको छ । अक्टोबर १५ देखि एकै पटक अक्टोबर २० देखि खेल्ने त्यस पछि तिहार पछि अक्टोबर २८ र अक्टोबर २९ तारिख खेल्ने योजना बनाएको छ ।


अन्य दिन छुट्टी नपर्ने हुनाले बिदाको दिन पारेर देउसी भैलो खेल्ने आयोजक संस्थाले जनाएका छन् । एनईसीसी ले बिगत ३ बर्ष देखि खेल्दै आएको छ भने अमेरिका नेपाल सहयोगी समाजले पनि पोहोर साल देखि खेल्दै आएको छ । अमेरिका नेपाल सहयोगी समाज सामुदायिक भवन निर्माण गर्न योजनामा रहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भोलि अक्टोबर १७ तारिख देखि सुरु हुने छ । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। 


हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन