२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएई, कतार, साउदी, मलेसिया लगायत सबै देशको पैसाको मूल्य बढ्यो (हेर्नुहोस् दररेट)

२०७४, २७ कार्तिक सोमबार ०३:२५

कात्तिक २७, काठमाडौं । हामीले हरेक साता बिदेशी विनिमय दरको अपडेट जानकारी गराउंदै आएका छौं । यसै क्रममा अघिल्लो सोमबारको तुलनामा बिभिन्न देशको पैसाको भाउ बढेको छ वा घटेको छ भन्ने बारे आज हामीले जानकारी अपडेट गरेका छौं । अघिल्लो साताको सोमबारको तुलनामा तल उल्लेख गरिएका सबै देशको पैसा भाउ बढेको छ । हामीले दिने विनिमय दरको अपडेट नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरमा आधारित छ । 

यो साताको आइतबार अर्थात हिँजोको तुलनामा विनिमय दरमा खासै घटबढ नभएपनि गत साताको तुलनामा भने डलर सहित खाडी र मलेसिया पैसाकोको भाउ बढेको छ । अघिल्लो सोमबार एक अमेरिकी डलरको खरिददर १०२ रुपयाँ ९८ पैसा रहेकोमा आज उक्त दर ९८ पैसाले बढेर १०३ रुपयाँ ९६ पैसा पुगेको छ ।

त्यस्तै साउदीको रियाल अघिल्लो सोमबार एकको खरिददर २७ रुपयाँ ४६ पैसा रहेकोमा आज २७ रुपैयाँ ७२ पैसा पुगेको छ भने विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै अघोल्लो सोमबार कतारी रियाल एकको खरिददर २८ रुपयाँ २८ पैसा रहेकोमा आज झन्डै २७ पैसा बढेर  २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ पैसा पुगेको छ ।

त्यसैगरी अघिल्लो सोमबार युएई दिर्हाम एकको खरिददर २८ रुपयाँ ४ पैसा रहेकोमा आज सो भाउ बढेर २८ रुपैयाँ ३० पैसा पुगेको छ भने विक्रिदर २८ रुपैयाँ ४७ पैसा पुगेको छ । यसरी हेर्दा एक सातामै युएईको पैसाको भाऊ २६ पैसा बढेको छ । 

त्यस्तै मलेसियन रिंगिट अघिल्लो साताको सोमबार २४ रुपयाँ ३१ पैसा रहेकोमा आज ४९ पैसाले बढेर एकको खरिददर २४ रुपैयाँ ८० पैसा र विक्रिदर २४ रुपैयाँ ९५ पैसा पुगेको छ । 

त्यसैगरि अघिल्लो सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपयाँ २३ पैसा थियो भने आज ६ पैसाले बढेर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरि कुवेती दिनार आज एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा र विक्रिदर ३ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ । अघिल्लो सोमबार कुवेती दिनारको मूल्य ३४० रुपयाँ १५ पैसा रहेको थियो । 

त्यस्तै अघिल्लो साताको सोमबार २७३ रुपयाँ १९ पैसा तोकिएको बहराइन दिनारको मूल्य आज २ रुपयाँ भन्दा बढीले बढेर एकको खरिददर २ सय ७५ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै जापानी एनको मूल्य पनि अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साताको सोमबार १० को खरिददर ९ रुपयाँ ३ पैसा रहेको जापानी एनको मूल्य आज ९ रुपयाँ १६ पैसा पुगेको छ । 

यसरी सबै देशको पैसाको भाउ अघिल्लो साताको सोमबारको तुलनामा उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आजको बिनीमय दररेट तल तालिकामा पनि हेर्न सक्नुहुनेछ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो