२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले दियो यस्तो खतरनाक चेतावनी, अब के हुन्छ ?

१९ मंसिर २०७४, मंगलवार १०:३३

मङ्सिर १९, प्योङयाङ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । 

यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । 

उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको उक्त सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी पनि दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएबाट प्राप्त समाचारमा जनाइएको छ । 

समाचारमा जनाइएअनुसार सैन्य अभ्यास कोरियाली प्रायद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको भएपनि यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफ दिएको रुपमा धेरैले हेरेका छन् । 

यस हवाई सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले आफ्ना विरुद्धको उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ । 

यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । 

दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना सहभागी भइरहेको सो सैन्य अभ्यासलाई आफ्ना बिरुद्धको शक्ति प्रदर्शनका रुपमा उत्तर कोरियाले लिएको बताइएको छ । 

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबारबाट सो सैनिक अभ्यास सुरु भएको हो । 

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ । 

केही रक्षा अधिकारीहरुले दिएको अनौपचारिक जानकारीअनुसार यस हवाई सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । 

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । 

तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान