२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियासँग अमेरिका यसरी झुक्यो, विनासर्त वार्ता गर्न तयार

२०७४, २८ मंसिर बिहीबार ०९:०२

मङ्सिर २८, वासिङटन । उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ । 

पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । 

यदि उत्तर कोरिया शान्ति वार्तामा आउछ भने यसका लागि मध्यस्थता गर्न वा आवश्यक के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि राष्ट्रसंघ तयार भएको संयुक्त राष्ट्रसंघीय एकजना उच्च अधिकारीले जानकारी दिनुभएको हो । 

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा गरिने आणविक विषयको वार्ताका लागि इच्छा देखाउन सक्ने अधिक सम्भावना रहेको बताउनुभएको हो । 

उहाँले हालैमात्र उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका उहाँले बताउनुभएको छ । 

उत्तर कोरिया सो कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको धारणा आफूसँग राखेको भन्दै उहाँले यदि वार्ताका लागि उसले इच्छा राखेको हो र यस्तो शान्ति वार्ताको चाहना उसको छ भने यसबाट सबैलाई फाइदा पुग्ने धारणा राख्नुभएको थियो । 

उहाँले वर्तमान विश्वमा कोरियाली प्रायद्वीपको अवस्था इतिहासमै सबैभन्दा तनावपूर्ण र खतरनाक रहेको आफूले पाएको पनि बताउनुभएको थियो । युद्ध रोक्नुपर्ने विषयमा उत्तर कोरिया सहमत भएको जानकारी आफूले पाएको पनि उहाँले बताउनुभयो । 

उहाँले यदि उत्तर कोरिया वार्ताका लागि इच्छुक छ भने त्यसका लागि राष्ट्रसंघले मध्यस्थता गर्ने मात्र नभई सघाउन पनि सक्ने उहाँले बताउनुभएको समाचारमा जनाइएको छ । 

राष्ट्रसंघका उपमहासचिव फेल्टमेनले यही डिसेम्बर पाँचदेखि आठ तारिखसम्म उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय अधिकारीले गरेको यो निकै लामो समयपछिको भ्रमण हो । 

उहाँले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीहरुसँग भेट वार्ता पनि गर्नुभएको थियो । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ । 

बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको थियो । 

बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिनुभएको समाचारमा जनाइएको थियो । 

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

त्यसैगरी अमेरिकाको यो अभिव्यक्तिपछि उत्तर कोरियाका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । तर राष्ट्रसंघीय अधिकारीले भने कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा उत्तर कोरिया तयार देखिएकोले उसले वार्ताको लागि पनि छिट्टै इच्छा प्रकट गर्ने धारणा राख्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित