१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

१९ पुष २०७४, बुधबार ०९:३०

पुस १९, भक्तपुर । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । 

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पुर्‍याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । 

मृतककी पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ ४ः३० बजे समीरलाई उनका दुईजना साथीले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घर पुर्‍याएका थिए । त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा लगिएको समीरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए । 

जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समीरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए । 

समीरको मृत्युपछि प्रहरीले समीरका साथीमध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ । प्रनाउ प्रसाईंले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक