१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा.केसीको मुद्दामाथि सर्वोच्चमा बहस सकियो

२६ पुष २०७४, बुधबार १२:०७

पुस २६, काठमाडौं । अदालतको अबहेलना गरेको भन्दै डा गोविन्द केसीविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । 

न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बुधवार बहस सकिएको हो । 

अपहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरे भने डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका छन् । 

केसीको मुद्दामा सर्वोच्च अदालतको पक्षमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका छन् । सर्वोच्चको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले डा. केसीविरुद्ध फौजदारी अपहेलना भएकाले कार्य हुनु नै कारबाहीका लागि पर्याप्त भएको बताए ।

बहसको अन्तिममा डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई निलम्बन गरेर छानविन गरेमा आफू सजाय भोग्न तयार रहेको बताएका थिए ।

बहस सकिएपछि न्यायाधीशहरु इजलासबाट च्याम्बरमा फर्किएका छन् । डा. केसीलाई भने सर्वोच्च परिसरमा रहेको एम्बुलेन्समा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो