Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डा.केसीको मुद्दामाथि सर्वोच्चमा बहस सकियो

By kit 3 मिनेट पढाइ

पुस २६, काठमाडौं । अदालतको अबहेलना गरेको भन्दै डा गोविन्द केसीविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएको छ ।

न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बुधवार बहस सकिएको हो ।

अपहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरे भने डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका छन् ।

केसीको मुद्दामा सर्वोच्च अदालतको पक्षमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका छन् । सर्वोच्चको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले डा. केसीविरुद्ध फौजदारी अपहेलना भएकाले कार्य हुनु नै कारबाहीका लागि पर्याप्त भएको बताए ।

बहसको अन्तिममा डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई निलम्बन गरेर छानविन गरेमा आफू सजाय भोग्न तयार रहेको बताएका थिए ।

बहस सकिएपछि न्यायाधीशहरु इजलासबाट च्याम्बरमा फर्किएका छन् । डा. केसीलाई भने सर्वोच्च परिसरमा रहेको एम्बुलेन्समा राखिएको छ ।