२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न आग्रह

२०७४, ९ माघ मंगलवार ११:३०

माघ ९, काठमाडौँ  | नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ । 

संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताउनुभयो । 

उहाँले संघबाट प्रदेश तहमा कर्मचारी पठाउँदा जुनसुकै तहका कर्मचारीलाई एक श्रेणी बढुवा गरी पठाउनुपर्नेमा जोड दिनुभयो । संगठनले वर्तमान सरकारबाट भएका पूर्वाग्रही ढंगका नियुक्ति, सरुवा, बढुवा, काजलगायतलाई खबरदारी गर्दै आएको छ । 

यसैगरी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिएर निर्वाचन सफल गर्ने कर्मचारीलाई धन्यवाद दिनाका साथै कर्मचारी समायोजन गर्दा आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनसँग वार्ता र संवाद गर्नुपर्नेमा जोड दिएको छ । 

समाजमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीले स्वच्छ, निष्पक्ष र पारदर्शी भएर काम गर्नुपर्ने, निजामती अस्पतालबाट दिने सुविधालाई सरल र सहज बनाउनुपर्ने, सेवा दिँदा पहिले आउने सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने, सेवाग्राहीको पहुँचका लागि नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने बताइएको छ । 

यस्तै संगठनको केन्द्रीय परिषद्को १७औँ बैठक आगामी जेठमा काठमाडौँमा गर्ने, तेस्रो राष्ट्रिय महाभेला आगामी भदौमा काठमाडौँमा गर्ने र ६८ जिल्लामा सञ्चालित राष्ट्रसेवक सहकारीको पाँचौँ राष्ट्रिय भेला आगामी कात्तिकमा धनगढीमा गर्ने जनाइएको छ । 

यसैगरी नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनबीच एकीकरणका लागि आवश्यक छलफल र संवाद अगाडि बढाइने भएको छ । सवारी चालक, हुलाकी हल्कारा, वन रक्षक कार्यालय सहयोगीलगायत श्रेणीविहीन पदलाई पाँचौँ तहबाट छैटौँ पदमा वृद्धि गर्न पनि माग गरिएको छ । 

संगठनले सत्रौँ केन्द्रीय परिषद्को बैठकमा पेश गरिने विधान संशोधन प्रस्ताव तयार गर्न वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा भवानी न्यौपाने, ललीतबहादुर महर्जन, रेवन्त गौतम, चेतनाथ न्यौपाने, शान्तिप्रसाद लुइँटेल र युवाचन्द्र घिमिरे रहेको एक समिति गठन गरेको छ । 

तराईका शीतलहरबाट प्रभावित पर्सा र बर्दघाट सुस्ता पश्चिम नवलपरासीका बस्तीमा राहत सामग्री बाँड्ने संगठनले जनाएको छ । 

संगठनको रिक्त रहेको सदस्य पदमा शारदा राउत, नारायणबहादुर थापा, निरञ्जन यादव, लक्ष्मी योगी र संगठनसंग सम्बन्धित निर्वाचन आयोगको रिक्त पदमा विजयालक्ष्मी सुवेदीलाई मनोनयन गरी आज शपथग्रहण गराएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण