२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम अदालतले ६९ मुद्दा फछ्र्योट गर्यो

२१ माघ २०७४, आईतवार १०:०४

माघ २१, काठमाडौँ | श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ । 

अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराउनुभयो । दर्ता भएका ९२ मुद्दा फछ्र्योट गर्न बाँकी छ ।साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन् । 

श्रमिकले जहाँ काम गरेको हो त्यहाँ छिनोफानो नभएपछि न्यायका लागि श्रम अदालतमा मुद्दा दर्ता गराउँछन । उहाँका अनुसार फछ्र्योट गरिएकामध्ये बढीजसो निजी प्रतिष्ठानमा काम गर्ने मजदुरका बढी रहेका छन् । 

अदालतमा धेरैजसो नियुक्तिपत्र, सेवाबाट हटाइएको, तोकिएको तलब नदिएको जस्ता मुद्दा पर्ने गरेका छन् । अदालतमा मुद्दा हेर्ने अधिकारी देवेन्द्रराज ढकालको एकल इजसालबाट हरेक हप्ता बुधबार, बिहीबार र शुक्रबार फैसला हुने गरेको छ । अदालतले श्रमिकका मुद्दामात्र हेर्ने गरेको छ । अदालतले फछ्र्योट गरेका मुद्दा भने टेकुस्थित श्रम कार्यालयले कार्यान्वयन गर्ने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ