४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसुचकमा आइतबार सामान्य गिरावट

२१ माघ २०७४, आईतवार १०:२३

काठमाडौं, माघ २१ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसुचक १ दशमलव ०१ अंकले घटेर १ हजार ४ सय १० दशमलव ५१ को बिन्दुमा कारोबार बन्द भएको छ । कारोबार भएका अधिकांश सूचक घटेसँगै समग्र बजार पनि घटेको छ ।

यस दिन कारोबार भएका दश समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य बाहेकका सबै समूहमा गिरावट आएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी ३५ दशमलव ९८ अंकले घटेको छ । त्यस्तै होटल समूह ३२ दशमलव ८२ अंकले, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव ७९ अंकले र जलविद्युत समूह १४ दशमलव ५९ अंकले घटेका छन् ।


परिसुचक सामान्य झरेपनि बिहीबारको तुलनामा कारोबार रकम भने केही बढेको छ । गतसाताको अन्तिम कारोबार बिहीबार ४१ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा आइतबार १६३ कम्पनीको ४६ करोड ६४ लाख ९० हजार ७४८ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये नेपाल बैंकको शेयर सबैभन्दा बढी किनबेच भएको छ । बैंकको ७ करोड १९ लाख ७२ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।


त्यस्तै कुमारी बैंकको २ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख रुपैयाँ, सानिमा माइ हाइड्रो पावरको २ करोड १५ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।


आज सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले बढेको छ । त्यस्तै समता माइक्रोफाइनान्स ४ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै गुमाउनेमा भने जानकी फाइनान्सका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यस्तै एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ अर्थात ५ प्रतिशत झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’