माघ २३, काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् ।

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा दुई हजार ३८४ र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । “दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,”– उहाँ भन्नुहुन्छ ।

आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । रासस

सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment