२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ: नेता सिंह

७ फाल्गुन २०७४, सोमबार ०६:१२

फागुन ७, काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ । 

प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनुभएको हो । 

“प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक छ”, उहाँले भन्नुभयो । पूर्व महामन्त्री सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर प्रजाको शासन स्थापना गर्न काँग्रेसको ठूलो भूमिका रहेको भन्दै काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टीभित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचन भएको दुई वर्ष बित्दासमेत पार्टीभित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा हो, पार्टी विधिअनुसार चल्न नसक्दा निर्वाचनमा पराजित भएको हो”, उहाँले भन्नुभयो । 

पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको पार्टीको पराजय हुनु प्रजातान्त्रिक पद्धतिकै पराजय भएको बताउनुभयो । “नेविसंघ बलियो भएमात्र काँग्रेस बलियो हुन्छ, पार्टी बलियो हुन भ्रातृसंस्था बलियो हुनुपर्छ”, उहाँले भन्नुभयो । 

पार्टीभित्र सिद्धान्त र आदर्शको राजनीतिक गर्नेभन्दा पनि अवसरवादी राजनीतिले प्रश्रय पाएको उहाँको भनाइ थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै