४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजाइन नपाएपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढेन

१८ फाल्गुन २०७४, शुक्रबार १०:५५

फागुन १८, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन । 

काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो,–“यसअघि गरेको सम्झौता अनुसार बालगोपालेश्वर मन्दिर विभाग र पोखरीको अन्य स्थान कामपाले निर्माण गर्ने भने पनि पछिल्लो समय सबै डिजाइन विभागले नै पठाउने निर्णय अनुसार, डिजाइन नहँुदा काम अघि बढ्न नसकेको हो ।” 

उता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिर पहिलेकै डिजाइनअनुसार काम हुन्छ, अन्य पर्खाल र पोखरीको डिजाइनबारे छलफल भइरहेको जानकारी दिनुभयो । 

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरी पुनःनिर्माणको सम्बन्धमा लामो समय आन्तरिक विवाद भएपछि गत पुस १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको थियो । 

उक्त समूहले गत माघ ७ गते प्रतिवेदन बुझाइसकेको छ । गत पुस ९ गतेदेखि काम अवरुद्ध भएको छ । विज्ञ समूहले भने बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुँगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । 

उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । त्यसैले पुरानै शैलीमा मन्दिरको निर्माण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद