फागुन २०, काठमाडौँ | आइतबार काठमाडौँको मिनभवनमा मिनिट्रकले स्कुटीलाई ठक्कर दिँदा सुदुरपस्चिम घर बताउने कृष्ण विष्ट र उनको श्रीमती घाइते भएका छन् ।
ठक्कर दिएसँगै घाइतेहरुलाई अस्पताल लागिएको छ । प्रहरीका अनुसार ठक्करबाट स्कुटीमा सवार दुवै जना घाइते भएका छन् । स्कुटीमा पछाडी बसेकी महिलाको टाउकोमा चोट लागेको छ भने चालक कृष्ण बिष्ट सामान्य घाइते भएका छन् ।
ठक्कर दिएसँगै जम्मा भएको भीडले मिनिट्रक तोडफोड गरेका छन् । स्थानीय प्रत्यक्ष दर्शीले बताए अनुसार मिनिट्रकमा ठक्कर खाएको स्कुटी झन्डै सय मिटरसम्म घिस्रिएको थियो । ठक्करपछी स्कुटी क्षेत-बिक्षेत भएको छ ।
हेर्नुहोस् दुर्घटनाको तश्विरहरु







तश्विर: गोपाल चन्द (साझा सबाल)