Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, अन्य देशबाट आएका बिमानहरु डाइभर्ट

By साझासवाल 2 मिनेट पढाइ

<p>फागुन २८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएलगत्तै विमानस्थल पूर्ण रुपमा बन्द भएको छ ।&nbsp;<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/1de468343fea20851e1f640c0e4ceca31520847646.jpg" style="width: 720px; float: left;">बिभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आईरहेका बिमानहरु दुर्घटना भएको खबर पाएपछी डाइभर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सबै उडानहरु रोकिएपछी कतार एयरवेज कलकत्ता डाइभर्ट भएको छ भने फ्लाइ दुबइ र ओमान एयर भारतको लखनउ डाइभर्ट भएको छ ।</p><p>त्यस्तै त्रिभुवन विमानस्थलको आन्तरिक उडान समेत बन्द गरिएको छ । विमानस्थलमा केहिबेर अघि बिमान दुर्घटनामा परेपछि अवतरणका लागि आएका सबै विमानहरुलाई डाइभर्ट गराइएको छ भने विदेशबाट नेपाल उडान भर्ने तयारीमा रहेका बिमानहरुलाई समेत रोकिएको छ ।</p>