Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एनसीसी बैंकको बोर्ड बैठकमा छापा, ३० जना भन्दा बढी पक्राउ

By साझासवाल

चैत २, काठमाडौँ | नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा सीआईबीले छापा मारी ३० जना बैंकका अधिकारीहरुलाई पक्राउ गरेको छ ।

आज बोर्ड बैठक जारी रहंदा सिआईबीले छापा मारेर ३० जना भन्दा बढी अधिकारीलाई पक्राउ गरेको बताइएको भएपनि को-कोलाई पक्राउ गरेको भन्ने बारे भने केहि बेरमा सार्वजनिक हुनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआइबी)ले बैंकको केन्द्रीय कार्यालय बागबाजरमा शुक्रबार बोर्ड बैठक बसिरहेका ३० भन्दा बढी उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

बैंकलाई मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंका सहित सीआईबीले छापा मारेको हो । पक्राउ परेकाहरुमा एपेक्सकै उच्च अधिकारीहरु रहेका छन् । उनीहरुलाई विभिन्न प्रकरणमा वैंकिङ कसूर गरेको अभियोग लागेको छ ।

एनसीसी बैंकसँग एपेक्स डेभलपमेन्ट बैंक मर्जर भएपछी एपेक्सको अबैधानिक काममा ऐनसिसिले साथ डिएको आशंका गरिएको छ  । एपेक्सले यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।

यस बिषयमा थप जानकारी केहीबेरमा आउनेछ ।