वैशाख ६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् ।

पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो ।

श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आजको विदाबारे जानकारी दिएको हो ।

श्रेष्ठको निधनले त्रिवि परिवार शोकमग्न भएको सूचनामा उल्लेख छ ।

April 19, 2018
काठमाडौँ - KTM, समाज
आज त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा किन विदा ?
By साझासवाल
2 मिनेट पढाइ