बैशाख ६ बुटवल | गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा सघाएको आरोपमा एमाले निकट युवा संघका केन्द्रीय सदस्य शुजु मल्ल पक्राउ परेका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकका क्रममा काठमाडौंमा रहेका मल्ललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

बुटवल ७ निवासी मल्लले युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरि आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पूर्ण सूचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ।

उनले राजनीतिक दल र प्रहरी प्रशासनसँगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सबै सूचना समेत पुनलाई उपलब्ध गराउँदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ।

यसअघि पुनलाई सहयोग गर्ने ५ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो।

रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका ५ का तुल्सी न्यौपाने, देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका ६ का रोशन खड्कालाई प्रहरीले सार्वजनिक गरेको हो।

विभिन्न हत्या र अपहरणमा संलग्न पुनसहित उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी इन्काउन्टरमा रुपन्देहीको देवदहमा मारिएका थिए।

April 19, 2018
काठमाडौँ - KTM, समाज
मनोज पुनलाई सघाएको आरोपमा एमाले नेता मल्ल पक्राउ
By साझासवाल
3 मिनेट पढाइ