Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १८ जना बालकको उद्धार

By साझासवाल 2 मिनेट पढाइ

वैशाख ६, काठमाडौँ | उपत्यकाका सार्वजनिक यातायातमा  सह–चालकका रुपमा कार्यरत १८ जना बालकको उद्धार गरिएको छ ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित बिभिन्न सार्वजनिक यातायातहरुमा कार्यरतहरुलाई बालश्रम रहित बनाउने अभियानको आज दोस्रो दिन कोटेश्वरबाट १८ जना बालकको उद्धार गरिएको हो ।

श्रम कार्यालय बाग्मतीका कार्यालय प्रमुख श्री उदय कुमार गुप्ताको नेत्रृत्वमा सुरु गरिएको उक्त अभियानबाट आज मात्रै २ सय २३ सवारीमा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टासिएको छ  । अनुगमनको क्रममा भेटिएका १६ बर्ष मुनीका १८ जना वालकलाई उद्धार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ । संस्थाले आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुदैन भन्ने व्यवस्था छ ।