Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रक्तदान गर्नुपर्छ भन्ने जनचेतना जगाउन साईकल र्याली (फोटो फिचर)

By साझासवाल 4 मिनेट पढाइ

सिया कार्की | बैशाख २२, काठमाडौँ | रक्तदानको लागि जनचेतना फैलाउने उदेश्यले साईकल र्याली कार्यक्रम आयोजना गरिएको छ | जे.सि.आई सिन्धुपाल्चोक र पहिको युथ क्लबको संयुक्त आयोजनामा काठमाडौँको नयाँबजारमा उक्त कार्यक्रम आयोजना भएको हो |

उक्त कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा रहेका काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले उद्घाटन गरेका छन् | कार्यक्रममा बोल्दै सांसद रामवीर मानन्धरले रक्तदान जीवनदान भन्दै सबैलाई रक्तदान गर्न बानी बसाल्न आग्रह गरे |

त्यस्तै पहिको युवा क्लबका सल्लाहकार समेत रहेका डा. रत्नकमल बैद्यले रक्तदान गर्दा आफूलाई समेत रक्तसन्चारमा फाईदा हुने भन्दै तीन-तीन महिनामा रक्तदानको आवश्यकता हुने बताएका छन् |

औपचारिक कार्यक्रमपछी सुरु भएको साईकल र्याली नँयाबजारबाट सुरु भएर कोटेश्वर, बालकुमारी हुँदै पुन: नँयाबजारमै टुंगिएको छ | उक्त साईकल र्याली कार्यक्रममा विभिन्न जनजाती, वर्ग र क्षेत्रका मान्छेहरुले सहभागिता जनाएका थिए |

पछिल्लो समय नेपालका अस्पताल तथा ब्लड बैंकजस्तो संवेदनशील ठाउँहरुमा रगतको अभाव छ | जसको कारण बिरामीहरुलाई समयमै रगत उपलब्ध गराउन नसक्दा ज्यानै जानसक्ने अवस्था रहेको भन्दै रक्तदान गर्नुपर्छ भन्ने जनचेतनाको जगाउन पहिको युवा क्लब र जिसीआई सिन्धुपाल्चोकले संयुक्त कार्यक्रम आयोजना गरेको आयोजकले साझा सबाललाई बताएको छ |