वैशाख २८ काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ आइपुगेका छन् ।

ओली जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहीबेर अघिमात्रै ओर्लिएका हुन् । मोदीलाई विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री मोदी केहीबेर आरामका लागि उनी बस्ने भनिएको होटल हायात जानेछन् । बौद्ध चुच्चेपाटीस्थित हायात होटलमा केहीक्षण आराम गरेपछि मोदी उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ जानेछन् ।

त्यसपछि राष्ट्रपति भवन शीतलनिवासमा पुगेर विद्या भण्डारीलाई भेट्नेछन् । मोदीले आजै बेलुका बत्तिसपुतलिस्थित होटल द्धारिकामा राजनीतिक भेटघाट र समकक्षी प्रधानमन्त्रीले ओलीले दिने रात्रिभोजमा सहभागी हुनेछन् । यस्तै आजै मोदीले नेपाली सेनाबाट सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर लिनेछन् ।

May 11, 2018
काठमाडौँ - KTM, समाज
भारतीय प्रधानमन्त्री ५ घण्टापछि काठमाडौं आइपुगे
By kit
2 मिनेट पढाइ